• २०८१ बैशाख १७ सोमबार

युवा आरोही फुर्वा तेन्जिङ शेर्पाद्वारा १४औँ पटक सगरमाथाको सफल आरोहरण

kharibot

फाइल तस्बीर

काठमाडौँ । सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पाले १४औँ पटक सगरमाथाको सफल आरोहरण गरेका छन् ।

फुर्वाले बुधबार बिहान ३ बजे सगरमाथाको सफल आरोहरण गरेको सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका ज्ञानेन्द्र श्रेष्ठले खरीबोटलाई जानकारी दिएका छन् ।

फुर्वा २४ बर्षको उमेरमा गतबर्ष सगरमाथाको १३औ पटक सफल आरोहर्ण गरेर कम उमेरमा धेरै पटक सगरमाथा चढ्ने किर्तिमान बनाएका सगरमाथा आरोही पनि हुन् ।

फुर्वा पहिलो पटक सन् २००७ मा सगरमाथाको पहिलो पटक आरोहण गरेका थिए ।     

यस आरोहणको क्रममा फुर्वाले पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’  अंकित झन्डालाई पनि सगरमाथाको चुचुरोमा फहराएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै