• २०८१ बैशाख १४ शुक्रबार

जनकपुरधाममा हिमालयन बैंकको ५८औ शाखा सञ्चालन

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालीका— १, स्टेशनरोडमा आफ्नो ५८औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

सो शाखाको समुद्धघाटन प्रदेश नं २ का माननीय मुख्यमन्त्री मो. लालबाबु रावतले एक समारोहका बीच गरेका छन् ।

सो अवसरमा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लावासीलाई सहयोग पु¥याउने  र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यवसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंकको साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गरेका थिए । 

बैंकले तेस्रो त्रयमासको अन्त्यसम्मा रु. १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा रु. ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा रु. २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ ।  हाल बैंकको एटिएम संख्या १ सय १५ र विप्रेषण भुक्तानी काउन्टर १३ हजार ५ सय भन्दा बढी रहेको छ ।  

समुद्धघाटन समारोह विशेष अतिथिका रुपमा प्रदेश नं २ का महान्यायधिवक्ता दिपेन्द्र झा,  बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ लगायत सञ्चालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत बरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा भएको थियो । स्थानीय उद्योगपति, व्यवसायी तथा अन्य गण्यमान्य व्यक्तिहरुको पनि समारोहमा उपस्थिति थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै