• २०८१ बैशाख १५ शनिबार

टेकु अस्पतालमा हिमालयन बैंकको नगद काउन्टर संचालनमा

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो । 

बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान  गर्नेछ । सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यू आर ९त्तच्० मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार-आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ  । 

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् । सो समारोहमा बैंक  तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै