• २०८१ बैशाख १५ शनिबार

पाँचथर हत्याप्रकरणबारे गृहमन्त्री थापाद्वारा संसदमा जानकारी 

kharibot

काठमाडौं । पाँचथर हत्याप्रकरणबारे गृहमन्त्री राम बहादुर थापाद्वारा संसदमा जानकारी गराएका  छन्  ।  सार्वजनिक महत्वको विषयमा राष्ट्रिय सभामा बोल्दै मन्त्री थापाले सोमबार राति पाँचथरको मिक्लाजुङ गाँउपालिकाको आरुबोटे घटनाको जानकारी गराएका हुन् । 

आरुबोटेको विभत्स घटनाको बारेमा गृहमन्त्रालयमा प्राप्त जानकारी संसदमा प्रस्तुत गरेका हुन् । घटनामा दुई परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरेर सामूहिक हत्या गरेको खुलेको बताएका छन् । 

सामूहिक हत्या भएको खबर प्राप्त हुने वित्तकै सुरक्षाको अवस्था काबुमा लिएको बताउदै नेपाल प्रहरी र सशक्त प्रहरीबलको थप सुरक्षा टोली खटाएको जानाकारी गराए ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरी कार्यालयको प्रदेश प्रहरी ब्युरोबाट वरिष्ट प्रहरी उपरिक्षकको नेतृत्वमा निरिक्षण काय सुरु भइसकेको जानाकारी दिए । घटनाको स्थलको प्रकृति र प्रारम्भिक लास जाचँको मुचुल्का गरी मृतक १० जनाको लास पोष्टमार्टमको लागि धरान स्थित विपि कोइराला स्वास्थ प्रतिष्ठानमा पठाइएको गृहमन्त्री थापाले राष्ट्रिय सभामा जानाकारी गराए । 

 घटनाको क्रममा घाइते भई ज्यान जोगाउन सफल भएकी सीता फुजुलको दमकस्थित अस्पतालमा उपचार भइरहेको बताउदै सीताको उपचारको आवश्यक व्यवस्था मिलाइएको जानाकारी गराएका छन् । 

घटना घटेको भोलिपल्ट सोहि गाउँपालिकाकोे खोला नजिकैको रुखमा झुण्डि आत्महत्या गरेको अवस्थामा शव फेला परेको र निजको साथबाट एक  थान खुकुरी बरामद भएको बताउदै निजको लास समेत पोष्टमार्टमको लागि पठाइएको जानाकारी मन्त्री थापाले गराए । 

जगन्य अपराधको घटना घटाउने व्यक्तिको खोजतलास जारी रहेको बताउदै अनुसन्धान कार्य जारी गरि यथाशीघ्र दोषि पत्ता लगाउन सुरक्षा निकायलाई निर्देशन भइसकेको जानाकारी गराए । 

अनुसन्धान थप विवरण प्राप्त भएपछि जानकारी गराउने साथै भविष्यमा यस्तो घटना घट्न नदिन सजक रहन समेत सुरक्षा निकायलाई निर्देशन दिएको बताए । 
मन्त्री थापाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त आफन्त एवं मिक्लाजुङ आरुबेटेका बासिन्दामा धैय धारण गरी अनुसन्धानमा सहयोग पूर्याउन आवाह्न गरेका छन । 

नागरिको जीउधनको सुरक्षा गरी स्वतन्त्रको सरंक्षण गरी सुख र समृद्ध हासिल गर्ने अभियानमा सबै सांसदको रचनात्मक सहयोगको लागि आह्वान गर्दै घटना दुःखद प्रकृतिको भएको घटनालाई रोक्न गृहमन्त्रालयबाट सक्दो प्रयास गरिरहेको बताए । 

आरुबोटे हत्याकाण्डमा दुई परिवारको सोमबार राति खुकुरीले धेरै पटक हानेर विभत्स हत्या भएको थियो । पाँचथर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार दुई परिवारका आठ वर्षीया बालिकादेखि ७५ वर्षीया वृद्धसम्मको हत्या भएको थियो  ।

७५ वर्षीय बमबहादुर फियाकको घरमा आई निजकै श्रीमती ७५ वर्षीया पुर्चीमाया फियाक, छोरी वर्ष ३५ की मनकुमारी फियाक,  मृतक  बमबहादुर फियाककी नातिनी वर्ष १० की आसिकाकुमारी खजुमलाई पालैपालो धारिलो हतियार प्रहार गरी हत्या  गरिएको  थियो ।

यसैगरी सोही स्थान बस्ने ३४ वर्षीय धनराज शेर्मा, निजकी श्रीमती वर्ष ३५ की जस्मिता फियाक शेर्मा, छोरी १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा र छ वर्षीया इच्छा शेर्मासमेतको हत्या भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै