• २०८१ बैशाख १७ सोमबार

ब्रिटिस गोर्खाहरुले उठाएका जायज मागहरुप्रति राप्रपाको ऐक्यवद्धता 

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ब्रिटिस गोर्खाहरुले उठाएका जायज मागहरुप्रति राप्रपाको ऐक्यवद्धता र समर्थन रहेको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै पुर्बउपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका थापाले ब्रिटिस गोर्खाहरुले उठाएका मागका सम्बोधन गराउने सम्बन्धमा सरकारसँग पहल गर्ने बताए ।

थापाले सरकारले यी बिषयलाई गम्भिरतापुर्बक लिई समस्या समाधानको निमित्त तत्काल अग्रसर हुनुपर्नेमा जोड दिए । ज्ञापनपत्र बुझाउन उपस्थित प्रतिनिधीमण्डलले अध्यक्ष कमल थापा उपप्रधान तथा परराष्ट्रमन्त्री भएको समयमा ब्रिटिस गोर्खाका माग सम्बन्धमा खेलेको महत्वपुर्ण भुमिकाको प्रशंसा गरेको थियो ।

सो अबसरमा राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले ब्रिटिस गोर्खाको बिषयमा संसदमा आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरे । ब्रिटिस गोर्खा संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तत्कालीन समयमा देशको तर्फबाट अध्यक्ष थापाले खेलेको भुमिकाप्रती सम्पुर्ण गोर्खाहरु आभारी रहेको बताएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै