• २०८१ बैशाख १७ सोमबार

लोकतन्त्रको जगमाथि प्रहार हुन दिन्नौँ : नेता पौडेल

kharibot

कञ्चनपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही भइरहेको  आरोप लगाएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, “सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ । शासकहरु केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने स्थिति आएको हो ।”

आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको उनको भनाइ थियो ।

सोही कार्यक्रममा नेता पौडेलले एघार महीनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले सोही ठाउँबाट अनुसन्धान गर्न माग गरे ।

“हत्यारा पत्ता नलाग्नु गम्भीर विषय हो”, उनले भने, “अपराधी जोसुकै भए पनि कठघरामा उभ्याउनुपर्छ ।”

नेता पौडेलले निर्मला पन्तको घर पुगेर उनकी आमा दुर्गादेवीसँग बिहीबार बिहानै भेट गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै