• २०८१ बैशाख १८ मंगलबार

साताको सेयर : नेप्से १३ सय १४ अंकमा, पाँच अर्ब दुई करोडको कारोवार

kharibot

काठमाडौं । यो साता एक सय ७० कम्पनीहरुको ५७ हजार ९० वटा कारोवार भएकाछन ।

जसअनुसार एक करोड ६१ लाख ६२ हजार तीन सय २१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब दुई करोड ४६ लाख ४६ हजार एक सय १३ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुुलनामा बढी हो । 

गत साता भने एक सय ७२ कम्पनीहरुको ५० हजार नौ सय ५३ वटा कारोवार भएका थिए । जसअनुसार एक करोड ५२ लाख ६४ हजार आठ सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम चार अर्ब ९४ करोड ९७ लाख ८१ हजार छ सय २४ रुपैयाँ पुगेको  थियो । यो साता बजार परिसुचक १३ सय १४ दसमलव ५५ बिन्दुमा पुगेर रोकिएको छ । 

यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८० दसमलव ३८ अंकमा पुुगेर रोकिएको छ । यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । 

जसमध्ये पहिलो, दोस्रो र पाँचौ दिन नेप्से घटेको थियो भने तेस्रो र चौथो दिन नेप्से बढेको थियो ।  

सोही आधारमा पहिलो दिन बजार परिसुचक एक दसमलव ८७ अंकले ओरालो लागेर १३ सय १६ दसमलव ८४ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ६५ अंकले ओरालो लागेर दुई सय ८० दसमलव ७९ अंकमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसुचक नौ दसमलव १३ अंकले घटेर १३ सय सात दसमलव ७१ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९९ अंकले घटेर दुई सय ७९ दसमलव ८० अंकमा झरेको थियो । तेस्रो दिन बजार परिसुचक चार दसमलव ४२ अंकले उकालो लागेर १३ सय १२ दसमलव १४ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ११ अंकले उकालो लागेर दुई सय ७९ दसमलव ९१ अंकमा चढेको थियो ।

साताको चौथो दिन पनि सेयर बजार परिसुचक सात दसमलव ४९ अंकले बढेर १३ सय १९ दसमलव ६३ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ३५ अंकले बढेर दुई सय ८१ दसमलव २७ अंकमा पुगेको थियो । साताको पाँचौ दिन भने सेयर बजार परिसुचक पाँच दसमलव आठ अंकले घटेर १३ सय १४ दसमलव ५५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ८९ अंकले घटेर दुई सय ८० दसमलव ३८ अंकमा पुगेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बैंक, अपरतामाकोशी हाईड्रो पावर कम्पनी, एनसीसी बैंक आदि परेकाछन । कारोवार भएको सेयर संख्याको आधारमा भने यो साता प्राईम कर्मसियल बैक, प्रभु बैंक, एनसीसी बैंक लगायतका कम्पनीहरु अगाडि देखिएकाछन । 

यसैगरी बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै