• २०८१ बैशाख १७ सोमबार

प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

kharibot

काठमाडौँ । प्रभु बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटामा आजदेखि चन्द्रौटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले एक समारोहका विच बैंकको चन्द्रौटा शाखा कार्यालय समुद्घाटन गरेका छन् । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघ कपिलवस्तुका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथी मेयर अधिकारीले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै चन्द्रौटा  शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको चन्द्रौटा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै