• २०८१ बैशाख १५ शनिबार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा शृंखला खतिवडा

kharibot

काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा  पुर्वमिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छिन ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै इ- २० गाडीको चाबी खतिवडालाई प्रदान गरेका छन् । इ-२० गाडी वातावरण मैत्री विद्युतीय गाडी हो ।  

अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडरमा आफु आवद्ध हुन पाएकोमा पुर्वमिस नेपाल शृंखला खतिवडाले हर्षित हुदै आफु निकै खुसि भएको कुरा संचारकर्मीहरु माझ ब्यक्त गरिन् । 

आफुलाई विद्युतीय गाडी धेरै बर्ष अघिदेखि मन परेको बताएकी खतिवडाले एम्बेसडर घोषणा हुदै इ-२० गाडी प्रदान गरेकोमा अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्मा तथा समस्त अग्नि ग्रुप परिवारलाई धन्यबाद तथा आभार ब्यक्त गरिन् ।

अग्नि इन्कर्पोरेटेडले बिगत तिन बर्षदेखी महिन्द्रा बोलेरो पिक-अप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिक-अप ग्राहकहरुका एसइई दिएर बसेका उत्कृस्ट २५ छोराछोरीहरुलाई  जनही २५ हजार रुपैयाका दरले पुरस्कार  रकम तथा प्रसंशा पत्र कार्यकारी निर्देशक शर्मा र खतिवडाले संयुक्त रुपमा प्रदान गरेका थिए । अग्नि फाउन्डेसनबाट २५ हजार राशिको पुरस्कार तथा प्रसंशा पत्र प्राप्त गर्ने सबै बोलेरोका सेवाग्राहीहरुले कार्यक्रममा खुशी व्यक्त गरेका थिए । 

उक्त कार्यक्रममा विभिन्न संचार संस्थामा आवद्ध पत्रकारहरु, अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा कम्पनी सचिव दुर्गा प्रसाद  आचार्य, सहायक निर्देशक वरदान वस्नेत लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै