• २०८१ बैशाख १६ आइतबार

राहुल गान्धीद्वारा पार्टी अध्यक्षबाट राजीनामा पेश

kharibot

नयाँ दिल्ली  । लोकसभा निर्वाचनमा पार्टीको नराम्रो पराजयपछि भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्ष पदबाट राजीनामा पेश गरेका छन् । 

काँग्रेसको आज बसेको कार्यसमिति बैठकमा गान्धीले राजीनामा पेश गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

गान्धीले पेश गरेको राजीनामा केन्द्रीय कार्यसमितिले अश्विकार समेत गरेको उल्लेख गरिएको छ । 

काँग्रेसको बैठकले जनमत स्वीकार गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता रणदीप सिंह सुरेजवालाले जानकारी दिएका छन् ।

भारतीय काँग्रेसले सन् २०१४ मा भएको निर्वाचनमा ४४ सिटमा जित हासिल गरेकोमा अहिलेको निर्वाचनमा ५२ सिटमा जित हासिल गरेको छ । काँग्रेस अध्यक्ष गान्धी भने आफ्नो परम्परागत सिटी उत्तरप्रदेशको अमेठी बाट पराजित भएका छन् भने केरलाबाट अत्याधिक मतले विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै