• २०८१ बैशाख १८ मंगलबार

मोदीको शपथ ग्रहण आज, १४ देशका राष्ट्र प्रमुखसहित ८ हजारभन्दा बढी सहभागी हुदै  

kharibot

नयाँ दिल्ली । भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको शपथ लिंदै छन् । 

दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीको शपथ समारोह दिल्लीस्थित राष्ट्रपति भवनमा स्थानीय समायानुसार साँझ ७ बजे सुरु हुने भएको छ ।

प्रधानमन्त्री मोदीलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले पद तथा गोपनियताको शपथ गराउनेछन् ।

प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा १४ देशका राष्ट्र तथा सरकार प्रमुख, राजदूत, राजनीतिक नेता, चलचित्रकर्मी, खेलाडी लगायत करीब ८ हजार जना सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

मोदीको शपथ ग्रहणमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरुलाई निम्तो दिएको छ ।

मोदीको शपथ कार्यक्रममा पाकिस्तानी समकक्षी इमरान खानलाई निम्तो नदिएको बताइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरानलाई निम्तो नदिएर मोदीले आफू पहिलो कार्यकालभन्दा फरक ढंगले अघि बढ्न खोजेको सन्देश दिन खोजेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

समारोहमा किर्गिस्तानका राष्ट्रपति र मोरिससका प्रधानमन्त्रीलाई पनि निम्तो दिइएको छ ।

हालै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त लोकतान्त्रिक गठबन्धन (एनडीए) ले अत्यधिक बहुमत ल्याएपछि मोदीले प्रधानमन्त्रीमा निरन्तरता पाएका हुन्  । 

५४२ सिट रहेको भारतको लोकसभामा भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हाँसिल गर्दै सत्तामा पुन: कब्जा गरेको हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै