• २०८१ बैशाख १७ सोमबार

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

kharibot

काठमाडौं  । प्रधानमन्त्री केपी ओली बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन् ।

नरेन्द्र मोदीको भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।  

ओलीका साथमा पत्नी राधिका शाक्य, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकर वैरागी लगायत भारत प्रश्थान गरेका छन् ।

मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्ता गरेका थिए भने यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्ता गरेका छन् । 

प्रधानमन्त्री ओली बिम्स्टेक सदस्य मुलुकका नाताले मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुदै छन् । शपथ ग्रहण कार्यक्रम आज साँझ ७ बजे हुदै छ ।  

दुई दिने दिल्ली भ्रमण सकेर ओली शुक्रबार दिउँसो स्वेदश फर्किने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै