काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् ।
राष्ट्रिय खेलकुद परिषदको पहलमा आईसीसीले पटवाललाई नेपालको प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरिसकेका पटवालले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।
पटवाल पछिल्लोपटक नेपालले यूएईविरुद्ध ओडीआई र टि-२० सिरिज जित्दा ब्याटिंग कन्सल्टेन्टका रुपमा कार्यरत थिए ।
भारतको मुम्बईका पटवाल यस अघि सन् २०१४ मा टी-२० विश्वकपको समयमा अफगानिस्तानको ब्याटिङ कोच थिए ।
पटवालले यसै महिना मात्र मुम्बई टि-२० लिगमा नर्थर्न मुम्बई प्यान्थर्सको प्रशिक्षण जिम्मेवारी सम्हालेका थिए ।
पटवालको अनुबन्धन बारे आजै पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरिएको छ । यसअघि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा जगत टमाटा रहेका थिए ।