• २०८१ बैशाख १७ सोमबार

माउरीजियो सारी चेल्सी छोडेर युभेन्टसको प्रशिक्षक बन्ने

kharibot

काठमाडौँ । माउरीजियो सारी युभेन्टसको प्रशिक्षक बन्ने लगभग निश्चित भएको छ । हाल चेल्सीक प्रशिक्षक रहेका सारी युभेन्टसको नयाँ प्रशिक्षक बन्ने तय भएको गोल डटकमले उल्लेख गरेको छ ।

युभेन्टससँग सहमति भएपछि सारीले चेल्सी व्यवस्थापनसँग ट्रान्सफरको लागि अनुरोध गरेको मिडिया रिपोर्टमा जनाइएको छ । चेल्सी व्यवस्थापनलाई यस विषयमा जानकारी दिन सारीका एजेन्टले भेटेको बताइएको छ ।

युभेन्टसले सारीलाई लैजान चेल्सीलाई ८ मिलियन डलर भुक्तानी गर्न तयार भएको मिडिया रिपिर्टमा उल्लेख गरिएको छ ।  

युभेन्टसबाट प्रशिक्षक मासिमिलियानो अल्लेग्रीले बिदा लिए पछि अब सारीले उनको ठाउँ लिने भएका हुन् ।

६० बर्षिय सारीसँग २० भन्दा बढी क्लबलाई प्रशिक्षण दिएको अनुभव छ भने हालै चेल्सीमा रहदा उनले चेल्सीलाई युरोपा कप जिताएका छन् । २०१८को जुलाईमा मात्र इटालियन क्लब नापोलीबाट चेल्सी आएका सारीले चेल्सीमा खेलेका कुल ६३ खेलमा ३९ खेलमा टिमले जित हासिल गरेको छ भने १३ खेलमा बराबरी र ११ खेलमा हार बेहोरेको छ ।

इटालीका नै सारीले इटालियन महारथी क्लब युभेन्टसमा क्रिस्टियानो रोनाल्डोजस्ता हस्ती खेलाडीलाई सम्हाल्ने छन् ।

यता सारी युभेन्टस जाने भएपछि चेल्सीले भने आफ्ना पुर्व खेलाडी एवं हाल डर्बी काउन्टीका म्यानेजर फ्र्यांक लाम्पार्डलाई नयाँ म्यानेजर बनाउने सम्भावना रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै