• २०८१ बैशाख १५ शनिबार

च्याम्पियन्स लिगको सिजन टिममा लिभरपुलका ६ खेलाडी

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग सकिए सँगै यस सिजनको च्याम्पियन्स लिगको टिमको घोषणा गरिएको छ ।

युइएफएले घोषणा गरेको २० सदस्यीय च्याम्पियन्स लिगको यस सिजनको टिममा विजेता लिभरपुलबाट मात्र ६ खेलाडी परेका छन् । लिभरपुलका गोल किपर एलिसन, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, एन्डी रोबेर्टसन, भिर्गिल भान डीजक, साडियो माने र जियोर्जिनियो विजनाल्डम रहेका छन् ।

त्यस्तै अयाक्सबाट पाँच खेलाडी माथिजस डे लिज्ट, फ्रेन्की डी जोंग, दुसान टाडीक, हाकिम जियेच र डेभिड नेरेज ।यस सुचिमा परेका छन् ।             

युइएफएको टेक्निकल कमिटीले छनोट गरेको यस सुचिमा उपविजेता बनेको टोटनह्यामका भने ३ खेलाडी यस सुचिमा परेका छन् । टोटनह्यामबाट लुकास मौरा, जान भेरटोंगघेन र मौसा सिस्को रहेका छन् ।      

यस सुचिमा बार्सिलोनाका लियोनेल मेसी र गोल किपर मार्क एण्डर टेर स्टेगन परेका छन् । त्यस्तै युभेन्टसबाट भने क्रिस्टियानो रोनाल्डो मात्र यस सुचिमा परेका छन् ।

च्याम्पियन्स लिग टिम अफ द सिजन :

लिभरपुलबाट : एलिसन, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, एन्डी रोबेर्टसन, भिर्गिल भान डीजक, साडियो माने र जियोर्जिनियो विजनाल्डम ।
अयाक्सबाट : माथिजस डे लिज्ट, फ्रेन्की डी जोंग, दुसान टाडीक, हाकिम जियेच र डेभिड नेरेज ।
टोटनह्यामबाट : लुकास मौरा, जान भेरटोंगघेन र मौसा सिस्को ।
बार्सिलोनाबाट : लियोनेल मेसी र गोल किपर मार्क एण्डर टेर स्टेगन ।
युभेन्टसबाट : क्रिस्टियानो रोनाल्डो ।
म्यानचेस्टर सिटीबाट : रहीम स्टरलिङ र केभिन डी ब्रुने ।
लियोनबाट : टंगी एनडोमबेले ।                 
                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै