• २०८१ बैशाख १४ शुक्रबार

कतारविरुद्ध ब्राजिलको सहज जित, नेइमार फेरी घाइते

kharibot

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिलले कतारलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा ब्राजिलले कतारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा रिचार्लिसन र गाब्रियल जिससले एक एक गोल गरेका थिए । रिचार्लिसनले खेलको १६औ मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए भने जिसले खेलको २४औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

कतारले भने खेलको अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न असफल हुदा कुनै गोल गर्न सकेन ।

यस खेलमा ब्राजिलका नेइमार घाइते भएर खेलको २२औ मिनेटमा नै मैदान छोडे पछि कोपा अमेरिकाको संघारमा ब्राजिलको चिन्ता बढेको छ । नेइमारको घुँडामा रहेको समस्या बल्झिएको बताइएको छ । उनी खेल्न नसक्ने भएपछि उनलाई एभर्टनले रिप्लेस गरेका थिए ।

कोपा अमेरिकाको तयारीमा रहेओ ब्राजिलले जुन १५ मा बोलिभियासँग खेलेर कोपाको सुरुवात गर्ने छ भने कतारले जुन १७ मा पराग्वेसँग खेल्दै कोपाको सुरुवात गर्दै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै