• २०८१ बैशाख १७ सोमबार

राष्ट्र बैंकले सोमबार चार अर्ब नौ करोडको ट्रेजरी बिक्री गर्ने 

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैंकले जेठ २७ गते अर्थात आगामी सोमबार चार अर्ब नौ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैकका अनुसार जारी मिती यही जेठ २८ गते तोकेर उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । 

ट्रेजरी खरिदको लागि सोमबार अपरान्ह तीन बजेसम्म नेपाल राष्ट्र बैकमा आवेदन दिनुपर्ने छ । राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको दुई अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ८३ करोड रुपैयाँको रहेको छ ।

सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने मिती २०७६ भदौ २४ गते र तीन सय ६४ दिने ट्रेजरी परिपक्व हुने अवधि बिं २०७७ साल जेठ २७ गते रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअधि यही जेठ २० गते पनि राष्ट्र बैंकले तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै