काठमाडौँ । जारी विश्वकप क्रिकेट अन्तर्गत न्यूजील्याण्ड लगातार तेस्रो खेलमा विजयी भएको छ । गएराती सम्पन्न खेलमा न्युजील्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।
अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य पछाएको न्युजील्याण्डले ३२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
न्युजील्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ७९ रन बनाए भने रोज टेलरले ४८ रन बनाए । त्यस्तै कोलिन मुर्नोले २२ तथा टम लाथमले अविजित १३ रन बनाएका थिए । ओपनर मार्टिन गपटिल भने शुन्यमा आउट भएका थिए ।
अफगानिस्तानलका अफताब आलमले ३ विकेट लिएका थिए । यस खेलमा ब्याटिंगको क्रममा घाइते भएका राशिद खानले भने बलिङनै गरेनन ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४१.१ ओभरमा अल आउट हुदै १७२ रन बनाएको थियो ।
अफगानिस्तानका लागि हशम्तुल्लाह शाहिदीले सर्वाधिक ५९ रन बनाएका थिए ।
त्यस्तै हजरतुल्लाह जजईले ३४ र नूर अलि जरदानले ३१ रन बनाए । त्यस्तै अफताब आलमले १४ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका रहमत शाह शुन्यमा, कप्तान गुलबदीन नैबले ४, मोहमद नावीले ९, नाजिबुल्लाह जदरानले ४, इक्राम अलिखिलले २ र राशिद खान शुन्य रनमा आउट भएका थिए ।
त्यस्तै हमिद हसनले अविजित ७ रन बनाएका थिए ।
न्युजील्याण्डका बलर जेम्स नीशमले सर्वाधिक ५ विकेट लिएका थिए । नीशमले १० ओभरमा एक मेडनसहित ३१ रन दिएर ५ विकेट लिएका थिए ।
त्यस्तै लुकी फर्गुसनले ४ विकेट लिएका थिए भने ग्राण्डहोमले एक विकेट लिएका थिए ।
न्युजील्याण्डका जेम्स नीशम खेलको प्लेयर अफ द म्याच बनेका थिए ।
प्रतियोगितामा न्युजील्याण्डले लगातार तीन खेलमा जित हासिल गरेको छ भने अफगानिस्तानले भने यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ ।
विश्वकप अन्तर्गत आज भारत र अस्ट्रेलिया खेल्दै छन् ।