युरोकप छनौट : स्विडेनमाथि स्पेनको सहज जित 

खरीबोट

काठमाडौँ । युरोकप छनौटमा स्पेनले लगातार अर्को जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा स्पेनले स्विडेनलाई ३-० गोल अन्तरले पराजित गर्दै अहिलेसम्म लगातार ४ खेलमा जित हासिल गरेको छ ।

स्पेनको जितमा सर्जियो रामोस र अल्भारो मोराटाले पेनाल्टीबाट गोल गरेका थिए भने अर्को गोल मिकेल ओयारजाबालले गरेका थिए ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा स्पेनले तिनै ग्ल दोस्रो हाफमा गरेको थियो ।

जितसँगै स्पेन युरोकप छनौटको समुह एफमा चार खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहेको छ भने स्विडेन ४ खेलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

युरो कप छनौटका स्पेन र स्विडेनक अन्य खेल आगामी सेप्टेम्बरमा हुने छन् ।

सम्बन्धित समाचार

इङल्याण्डको जितमा युवा खेलाडी सान्चोको २ गोल

काठमाडौं । युरोकप छनौट अन्तर्गत इङल्याण्डले कोसोभोमाथि सहज जित हासिल गरेको छ । अत्यन्त प्रतिष्पर्धात्मक खेलमा इङल्याण्डले कोसोभोलाई ५-३ गोल अन्तरले पराजित गरेको हो । इङल्याण्डको जितमा युवा खेलाडी जाडोन सान्चोले २

एन्डोरामाथि फ्रान्सको सहज जित, ग्रीजम्यानद्वारा अर्को पेनाल्टी मिस

काठमाडौं । युरोकप छनौट अन्तर्गत फ्रान्सले एन्डोरामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले एन्डोरालाई ३-० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा किंग्सले कोम्यान, क्लेमेन्ट लेन्ग्लेट र बेन

पोर्चुगलको लिथुआनियामाथि फराकिलो जित, रोनाल्डोले गरे ४ गोल

काठमाडौं । युरोकप छनौट अन्तर्गत पोर्चुगलले लिथुआनियामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले लिथुआनियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ४ गोल गरेका

युरोकप छनौटमा जर्मनी र नेदरल्याण्डसको जितपछि रोचक बन्यो समुह सि

काठमाडौँ । युरोकप छनौट अन्तर्गत गएराती नेदरल्याण्डस र जर्मनीले आ-आफ्ना खेल जितेपछि समुह सी को अंक गणित रोचक बनेको छ । जर्मनीले दोस्रो स्थानमा रहेको उत्तरी आयरल्याण्डलाई २-० ले पराजित गर्यो


z