• २०८१ बैशाख १७ सोमबार

एसइईको प्रश्न आउट गर्ने प्रहरीसहित १२ जनाविरुद्ध मुद्धा दायर 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एसइइको प्रश्न पत्र आउट गर्ने प्रहरी जवानसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

अख्तियारले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को अनिवार्य विज्ञान र सामाजिक अध्ययन लगायतका विषयहरूको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको पुष्टि भएकोले ईलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत प्रहरी जवान दिपेन्द्र कुमार प्रहरी जवान ब्रम्हादेव सुनरैत, निमावि राहत दरवन्दी शिक्षक मनोज कुमार यादव र प्रतिबादीहरू अरोध यादव, विष्णुदेव यादव, राजेश कुमार यादव, ववरमहल N(एन) (परिवर्तित नाम), ववरमहल M(एम) (परिवर्तित नाम), टंगाल००१ (परिवर्तित नाम), टंगाल००२ (परिवर्तित नाम), श्रवण यादव र ईन्दल यादवलाई विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन,२०५९ बमोजिमको कारवाही गर्न मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै