ग्यारेथ बेल लगातार असफल, वेल्सको अर्को हार

खरीबोट

काठमाडौँ । युरोकप छनौट खेलमा वेल्सले लगातार दोस्रो हार बेहोरेको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा वेल्स हंगेरीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

हंगेरीको जितमा मेट पटकाइले खेलको एक मात्र गोल गर्दै वेल्समाथि महत्वपूर्ण जित दिलाएका थिए ।

यसअघि क्रोसियासँग पराजित भएको ग्यारेथ बेलको टिम वेल्सको युरो छनौटमा यो लगातार दोस्रो हार हो । रियल म्याड्रिडमा आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न नसक्दा आलोचित बनेका बेल आफ्नो राष्ट्रिय टिम वेल्सका लागि पनि गोल गर्न असफल बनेका छन् ।

यो जी सँगै हंगेरी समुह इ मा ९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ भने सोल्भाकिया र क्रोसिया ६-६ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यो हारसहित वेल्स भने ३ खेलमा ३ अंकसहित चौथो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

को हुन् रियल म्याड्रिडले साइन गरेका फेरल्याण्ड मेंडी ?

 काठमाडौँ । रियल म्याड्रिडले फ्रान्सका लेफ्ट ब्याक फेरल्याण्ड मेंडीलाई ६ बर्षका लागि साइन गरेको छ । इडेन हजार्ड, लुका जोभिकपछि म्याड्रिडले आउदो सिजनका लागि तेस्रो साइन गरेको हो । मेंडीलाई रियल

इम्ब्रहिमोविच अमेरिकाको एमएलएस लिगका महंगा खेलाडी

काठमाडौँ । स्विडेनका फुटबलर जलाटन इम्ब्रहिमोविच अमेरिकाको एमएलएस लिगका महंगा खेलाडी बनेका छन् । हाल अमेरिकामा दोस्रो बर्ष खेलिरहेका इम्ब्रहिमोविचको २०१९ को बार्षिक पारिश्रमिक ७.२ मिलियन डलर भएसँगै उनी एमएलएसमा अहिलेसम्म

एम्बाप्पेको क्यारियर सयौ गोलमा फ्रान्सको जित

काठमाडौँ । युरोकप छनौट अन्तर्गत फ्रान्सले एन्डोरालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले एन्डोरालाई ४-० गोल अन्तरले पराजित गरेको हो । यस अघि टर्कीसँग अप्रत्याशित हार बेहोरेको फ्रान्सले लयमा

युरोकप छनौट : स्विडेनमाथि स्पेनको सहज जित 

काठमाडौँ । युरोकप छनौटमा स्पेनले लगातार अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले स्विडेनलाई ३-० गोल अन्तरले पराजित गर्दै अहिलेसम्म लगातार ४ खेलमा जित हासिल गरेको छ । स्पेनको


z