• २०८१ बैशाख १४ शुक्रबार

योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वय किन हुन सकेन ?

kharibot

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद तथा छाँया सरकारमा श्रम तथा सामाजिक सुरक्षामन्त्री समेत रहेकी डा. डिला संग्रौलाले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्था बारे संसदमा प्रश्न उठाएकी छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद संग्रौलाले कार्यान्वयनको क्रममा रहेका सामाजिक सुरक्षा योजनाको लागि रोजगारदाता सूचीकरण र श्रमिकहरुको सूचीकरण एक प्रतिशत पनि हुन नसकिरहेको भन्दै यो अवस्थामा श्रमिकहरुले विगतमा पाइरहेको सुरक्षा योजना पनि नपाउने र नयाँ योजनामा पनि जाने नसक्ने अवस्थाले थप जटिलता सृजना भएको बताएकी छन् ।

उनले सरकारलाई प्रश्न गर्दै भनिन्, 'यस विषयमा सरकारको ठोस कार्यक्रम खोइ ? सुरक्षा योजनाले केवल संगठित योजनालाई मात्रै समेट्दछ तर कुनै पनि सुरक्षा योजनाको छाता भित्र नरहेको अनौपचारिक क्षेत्रको श्रमिकहरुको लागि सरकार के गर्दैछ ? वैदेशिक रोजगारमा रहेको श्रमिकहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा सम्मानित सर्वोच्च अदालतले श्रमिकको कार्यस्थलबाट मतदान गर्न पाउन पर्दछ भन्ने विषयप्रति सरकार किन मौन छ ? हाल सरकारले गरेको न्यूनतम ज्याला निजी क्षेत्रका विद्यालय, नर्सिङहोम लगायत थुप्रै कलकारखाना तथा उद्योगहरुमा लागू नभएको अवस्था छ । यसको कार्यान्वयनको लागि अनुगमन सरकारले के कसरी गर्दैछ सभामुख मार्फत सम्बन्धित मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदछु ।'  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै