पाकिस्तानविरुद्ध डेभिड वार्नरको शतक

खरीबोट

काठमाडौँ । जारी विश्वकप क्रिकेटमा हिले अस्ट्रेलिया र पाकिस्तानबीच खेल भैरहेको छ । टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले शतकीय पारी खेलेका छन् ।

वार्नर १०७ रन बनाएर आउट भएका छन् । वार्नरले १०२ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । एकदिवसीय क्रिकेटमा वार्नरको यो १५औ शतक हो । वार्नरले ११० एकदिवसीय खेल खेल्दै १५ शतक प्रहार गरेका हुन् ।

वार्नरको यो शतक यस विश्वकपको सातौ शतक हो । यस विश्वकपमा जोय रुट, जेसन रोय, शकिब अल हसन, जोस बटलर, रोहित शर्मा र शिखर धवनले शतक प्रहार गरेका छन् ।            

पाकिस्तानविरुद्ध उत्कृष्ट शुरुवात गरेको अस्ट्रेलियाले यो समाचार तयार गरुन्जेल ३८ ओभरमा ४ विकेट गुमाउदै २४३ रन बनाएको छ । अस्ट्रेलियाका लागि ओपनर वार्नर र कप्तान एरोन फिन्चले १४६ रनको साझेदारी गरेका थिए । फिन्च ८२ रन बनाएर आउट भएका थिए । त्यस्तै ग्लेन म्याक्सवेल २० रन र स्टिभ स्मिथ १० रन बनाएर आउट भएका छन् ।
 

सम्बन्धित समाचार

पाकिस्तानविरुद्ध रोहित शर्माको शतक

काठमाडौँ । जारी विश्वकपमा भारतका ओपनर रोहित शर्माले शतक प्रहार गरेका छन् । अहिले जारी पाकिस्तानविरुद्धको खेलमा रोहितले सत्का प्रहार गरेका हुन् । रोहितले ८६ बलमा ९ चौका र ३ छक्का

भारतविरुद्ध पाकिस्तानले टस जित्यो, पहिला बलिङ गर्दै

काठमाडौँ । जारी विश्वकपको सबैभन्दा प्रतिक्षित खेल भारत र पाकिस्तानबीच आज  भिडन्त हुदै छ । आज हुने खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । भारत र पाकिस्तानलाई विश्व

विश्वकपमा भारत-पाकिस्तान खेल्दै

काठमाडौँ । जारी विश्वकपको सबैभन्दा प्रतिक्षित खेल भारत र पाकिस्तानबीच आज  भिडन्त हुदै छ । भारत र पाकिस्तानलाई विश्व क्रिकेटका सबै भन्दा ठुला प्रतिद्वन्दीबीच समुह चरणको खेलमा भेट हुन थालेको हो

विश्वकपमा दक्षिण अफ्रीकाको पहिलो जित

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रीकाले पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रीकाले अफगानिस्तानलाई डक वर्थ लुइस नियम अनुसार ९ विकेटको जित हासिल गरेको हो


z