• २०८१ बैशाख १५ शनिबार

हावाहुरी प्रभावितहरुका घर बन्दै, पालमुनीको बासबाट छिटै मुक्ति पाउने

kharibot

बारा । झण्डै तीन महिनादेखि पालमुनी जीवन यापन गर्दै आएका बाराका हावाहुरी प्रभावितहरुमा पालमुनीको बासबाट मुक्ति पाउने आशा पलाउन थालेको छ । 

निर्माण थालेको एक महिना नपुग्दै नेपाली सेनाले जिम्मा लिएको पहिलो चरणका घरहरुको स्वरुप गाउँ गाउँमा देखिन थालेपछि उनीहरुमा आशा पलाउन थालेको हो । 

जेठ महिनाको प्रचण्ड गर्मी सँगसँगै बर्खामा परेको पानीबाट जोगिन पालमुनी टाउको लुकाउदै बस्न बाध्य भएका उनीहरु अबको केही दिन भित्रै सेनाले बनाएका घरमा बस्न पाउने भएका छन् ।

आफ्नों घरको भग्नावषेश हटाउन समेत जागर मारेका उनीहरु अहिले निर्माणको काममा नेपाली सेनालाई सघाउँदै आएका छन् । सेनाले पहिलो चरणमा पूर्ण क्षति भएका बाराको १० स्थानमा ३ सय ९५ र पर्सामा २२ गरी ४ सय १७ वटा घरको निर्माण कार्यलाई तिव्र पारेको छ ।

प्रभावितहरुको घर पुनःनिर्माणका लागि रक्षा मन्त्रालयले बारामा दुई हजार ९ सय ४७ र पर्सामा ५३ जना नेपाली सेना खटाएको छ ।

२०७५ चैत्र १७ गते आईतवार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीका कारण पूर्ण रुपमा क्षति भएका घरहरुको पुनःनिर्माणका लागि चैत्र २१ गते बसेको मन्त्रिपरिषदको बैठकले जनता आवास कार्यक्रमको मोडल भित्र रहेर हावाहुरी प्रभावितका लागि घर बनाई दिने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार घर निर्माणका लागि जग्गाको क्षेत्रफल ३४८.६० वर्गफिट हुनु पर्ने र पाच लाख ४५ हजार ९ सय ८५ रुपैयाँ लागतमा प्रति घर निर्माण गर्न सकिने जनाएको थियो ।

तर, गत बुधवार बसेको पुनःनिर्माण समितिको बैठकले सरकारले तोकेको मापदण्ड अनुसारको जग्गाको क्षेत्रफल नभएकाको हकमा लागत घट–बढ नहँने गरी घर धनि कै ईच्छा अनुसारका घर निर्माण गर्ने भएको छ । 

ऐलानी प्रति जग्गामा बस्दै आएकाको हकमा स्थानीय तहले प्रमाणित गरेको आधरमा घर बनाई दिने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेले बताए ।

प्रारम्भिक तथ्यांड्ढ संकलनमा बारामा १३ सय ६२ र पर्सामा ९४ घर रहेको भए पनि पुनःतथ्यांक संकलन गर्दा पूर्ण क्षति भएका घरको संख्या घटेर बारामा आठ सय ४६ र पर्सामा ६२ रहेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले पहिलो चरणमा संकलन भएको तथ्यांड्ढमा शंका गर्ने आधारहरु भेटिएकोले प्रशासनले पुनः प्रभावितहरुको घरघरमा पुगी पूर्ण वा आंशिक क्षतिको बिवरण संकलन गरे पछि लाभग्राहीको संख्यामा ठुलो अन्तर भेटिएको बताए ।

नेपाल सरकारले तोकेको समयमा हावाहुरी प्रभावितहरुलाई घर हस्तान्तरण गर्न सेनाले साताको सातै दिन १० घण्टाको दरले काम गरेको मेजर हरी पाण्डेले बताए ।

बारा परवानीपुर गाउँपालिका वडा नं.४ चैनपुका प्रभावित स्थनीयहरु सेनाको काम देखेर आँफुहरु प्रभावित भएको भन्दै खुसि व्याक्त गरेका छन् । यसरी नैं निर्माणको कामले गति लिने हो , भने नेपाल सरकारले तोकेको समयावधी भित्रै काम सम्पन्न हुने देखिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै