• २०८१ बैशाख २६ बुधबार

कोपामा अर्जेन्टिनाको खराब सुरुवात, कोलम्बियासँग पराजित  

kharibot

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

आइतबार बिहान भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियाको जितमा रोजर मार्टिनेज र डुभान जपाटाले एक एक गोल गरेका थिए । खेलको पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा मार्टिनेजले खेलको ७१औ मिनेटमा गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि ८३औ मिनेटमा सबस्टिच्युटको रुपमा आएका जपाटाले खेलको ८६औ मिनेटमा गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर पारेका थिए । यो सँगै कोलम्बियाले सन् २००७ पछि पहिलो पटक अर्जेन्टिनालाई पराजित गरेको छ । 

कोपा अन्तर्गत नै आजै भयेक ओर्को खेलमा भेनेजुएला र पेरु बिना कुनै बराबरीमा रोकिएका छन् ।

कोपा अन्तर्गत अब अर्को खेल पराग्वे र कतार तथा उरुग्वे र इक्वेडरबीच हुदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै