• २०८१ बैशाख २६ बुधबार

संघियताको मर्म नबुझ्दा कार्यान्वयनमा समस्या – डा. बाबुराम भट्टराई

kharibot

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले संघियताको मर्म नबुझ्दा कार्यान्वयनमा समस्या आएको बताएका छन् । 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै डा. भट्टराईले संघियता र वित्तीय संघियताको बुझाइमा समस्या देखिएको डा. भट्टराईले बताए । सरकारको नीति तथा कार्यक्रम तथा बजेटसम्ममा संघियता कार्यान्वयनको विषयमा अस्पष्टता देखिएको भन्दै यसले राम्रो संकेत नगरेको उनले बताए ।

संघियतालाई कार्यान्वयनको विषयमा सरकार ठिक ढंगले अगाडी बढ्न नसकेको बताउदै डा. भट्टराई गतबर्ष भन्दा पनि अहिले कम बजेट प्रदेशमा छुट्टयाईएको बताए । संघियताको मर्म नबुझेर नै स्थानीय तहहरुले काम गर्न नसकेको उनले बताए । 
आम जनतामा पनि संघियता खर्चिलो हुने अनुभव बढ्दै गएकोले यसलाई चिर्न सरकारले काम गर्न नसकेको आरोप लगाए ।                

उनले कम्युनिष्ट पार्टीको सरकार भएकाले वितरणमुखी बजेट ल्याएको भन्दै बजेटमा वैचारिक स्पष्टता नरहेको बताएका छन् ।  

बजेट भनेको आयव्ययको विवरण मात्र हुदैन भन्दै डा. भट्टराईले देश कता जादै छ भन्ने सामाजिक चित्रण भएको बताए । उनले समान्य हिसाबले भन्दा अस्थिरतापछि आएको बजेट राम्रो भएको प्रतिक्रिया दिदै अर्थमन्त्रीले नराम्रोहरुको बिचमा अलिकति राम्रो बजेट आएको बताए ।

उनले अहिलेको दुई तिहाइको सरकारको बजेटलाई अघिल्ला अस्थिरताका बीच आएका बजेट, राजतन्त्र या पंचायतमा आएका बजेटसँग तुलना गर्न नमिल्ने बताए ।

डा. भट्टराईले अर्थमन्त्रीको आलोचना गर्दै गतबर्ष भन्दा डराएर बजेट ल्याएको देखिएको बताउदै क्रमभंगता गर्ने किसिमको बजेट भने नआएको बताए ।

पंचायतदेखिकै बजेटलाई हेर्दा अहिलेसम्मका बजेटमा तात्विक भिन्नता नभएको बताउदै डा. भट्टराईले देशको अर्थतन्त्रलाई ध्यान दिएर बजेट नआएको बताए । आयातलाई जोड दिएर कर लगाउने र सरकारलाई आवश्यक पैसा उठाउने बाहेक कुनै किसिमको क्रमभंगता हुन नसकेको दाबी गरे ।

उनले अहिलेपनि चालु खर्च ६० प्रतिशत भन्दा रहेको भन्दै विकास बजेट केबल २६ प्रतिशत हुनु दुखद रहेको बताए । साथै उनले सत्ता पक्ष वा प्रतिपक्षको आँखाले होइन नेपालीको आँखाले वा विदेशमा पसिना बगाएका युवाको आँखाले हेर्दा बजेटमा सन्तुष्ट हुने ठाउ नरहेको बताए । 

समाजवाद उन्मुख बजेट भने पनि सुरुको चरणमा त्यो सम्भव नभएको तर्क गर्दै उत्पादन बढाएर परनिर्भरता घटाउदै लगेर मात्र समाजवादको रुपान्तरणमा जानुपर्ने उनले बताए । अहिले उत्पादन तिर जानुको साटो वितरणमा गएको भन्दै डा.भट्टराईले अर्थमन्त्री बजेट बनाउदा अल्मलिएको बताए ।

डा. भट्टराईले भारत र चीनको बजारको फाइदा लिन नसकिएको भन्दै भारतको बजारमा उत्पादन पठाउन सके संस्तो र सजिलो हुनसक्ने बताए ।

बजेट कार्यान्वयन गर्ने संयन्त्र राम्रो नभएको भन्दै ब्युरोक्रेसीलाई एक पटक भत्काएर नयाँ संरचना बनाउन आँट गर्नुपर्ने डा. भट्टराईले बताए । भ्रष्ट्राचारका बारेमा स्पष्ट प्रतिबद्धता नआएको भन्दै अख्तियारको विकल्प खोज्नुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै