• २०८१ बैशाख १७ सोमबार

फर्नान्डो टोरेजले सन्यास लिए

kharibot

काठमाडौँ । स्पेनका फुटबलर फर्नान्डो टोरेजले व्यावसायिक फुटबलबाट सन्यास लिएका छन् । टोरेजले ३५ बर्षको उमेरमा सन्यासको घोषणा गरेका हुन् ।

स्पेनको राष्ट्रिय टिमबाट ११० अन्तर्राष्ट्रिय खेल खेलेका टोरेजले एथलेटिको म्याड्रिड, चेल्सी, लिभरपुलबाट व्यावसायिक फुटबल खेलेका थिए ।

क्लब र देशबाट कुल २९८ गोल गरेका टोरेजले स्पेनका लागि अन्तिम खेल भने २०१४ मा खेलेका थिए । स्पेनको यू-१६ खेल्दै यू-१९ बात सिनियर टिमसम्म पुगेका टोरेजले स्पेन टिमबाट २०१० मा विश्वकप जित्दा महत्वपूर्ण सदस्य रहेका थिए ।

त्यस्तै स्पेनलाई सन् २००९ र २०१२ को युरोकप पनि जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

साथै उनले चेल्सीबाट सन् २०११-१२ को च्याम्पियन्स लिग, २०१२-१३ को युरोपा लिग जितेका थिए भने एथलेटिको म्याड्रिडमा रहदा सन् २०१७-१८ मा युरोपा लिग जितेका थिए भने सन् २०१५-१६ को च्याम्पियन्स लिगमा उपविजेता बनेका थिए ।

टोरेजले आफ्नो क्यारियरमा स्पेनका लागि ११० खेलमा ३८ गोल गरेका छन् भने चेल्सीमा १७२ खेलमा ४५ गोल, एथलेटिकोमा १६० खेलमा ३८ गोल गरेका थिए ।

सन्यास लिदै टोरेजले भने, '१८ बर्षको उत्साहित फुटबल क्यारियरलाई टुंगाउने निर्णय गरेको छु ।'                            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय