• २०८१ बैशाख २७ बिहीबार

इन्भेष्टमेण्ट बैंकद्वारा जेबिल्स फाईनान्स प्राप्ति, विशेष साधारण सभाबाट पास

kharibot

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले जेबिल्स फाईनान्स लिमिटेडलाई प्राप्ति गर्नको लागि विशेष साधारण सभाको आयोजना गरी विशेष प्रस्ताव पारित गरेको छ ।

शुक्रबार आयोजित विशेष साधारण सभामार्फत विशेष प्रस्ताव पारित गरिएको हो । 

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२.५९ अर्ब र जेबिल्स फाईनान्स लिमिटेडको चुक्ता पूँजी ०.८४ अर्ब भएकोमा जेबिल्स फाईनान्स लिमिटेडको १०० को एक शेयर बराबर ३३ रुपैयाँ प्रदान गर्ने प्रस्ताव पारित भए मुताबिक जेबिल्स फाईनान्स लिमिटेड प्राप्तिपछि एनआईबीएलको चुक्ता पूँजी १२.८७ अर्ब रुपैयाँ पुग्ने छ ।  

जेबिल्स फाईनान्स लिमिटेडको प्राप्तिपछि बैंकको कुल निक्षेप १ सय ४७ अर्ब रुपैयाँ पुग्ने छ भने कूल कर्जा १ सय ३२ अर्ब  रहने छ । जेबिल्स फाईनान्स लिमिटेडको प्राप्तिपछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ । 

जेबिल्स फाईनान्स लिमिटेडको प्राप्तिपछि पनि एनआईबीएलको हालकै सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने छ । हाल बैंकले काठमाडौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५७ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

७ वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटीएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजस्व संकलन केन्द्र, ४९ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टिलाई उच्चतम् स्थान दिइरहेको छ ।

बैंक अफ द एयर ५ पटक प्राप्त गरिसकेको एनआईबीएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट गत वर्ष बेस्ट बैंक २०१८ प्राप्त गर्न सफल भएको थियो र इक्रा नेपालद्वारा प्रदान गरिँदै आएको क्रेडिट रेटिङमा बैंकले ए–प्लस स्तर हासिल गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै