• २०८१ बैशाख १६ आइतबार

पशुपति क्षेत्र विकास कोष र इन्भेष्टमेण्ट बैंकबीच भेटी संकलन गर्न सहकार्य

kharibot

काठमाडौ । पशुपति क्षेत्र विकास कोष र नेपाल इन्भेष्टमेण्ट बैंक बिच भगवान् पशुपतिनाथको मन्दिर र मन्दिर प्राङ्गण रहेको देवी देवतालाई भक्तजन तथा तीर्थयात्रीद्वारा चन्दाहरु दानपत्र वा भेटीपत्रमा चढाईने भेटी, चन्दाहरु दानपत्रवा भेटीपत्रमा चढाईएको रकम बैंकिङ्ग प्रणालीद्वारा संकलन तथा गणना गरी कोषका नाममा रहेको बैंक खातामा जम्मा गरी भेटी रकमलाई सुव्यवस्थापन गर्ने सहमति भई उक्त कार्यको सुरुवात भएको छ ।  

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कलातथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउदै आएको छ । 

यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषसंग मिलेर विगत लामो समयदेखि बैंकले पशुपति क्षेत्रका विभिन्न मठमन्दिर तथा घाटहरुको निर्माण तथा पुनर्निमाण गरिरहेको छ । पशुपतिको धार्मिक महत्व झल्काउने ऐतिहासिक पशुपति संग्राहलय स्थापनार्थ बैंकले २०७२ सालको महाभूकम्पले जिर्ण बनाएको महास्नान घरको पुनर्निर्माण गरिरहेको छ भने पशुपति क्षेत्रको सरसफार्ईमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।

बैंकले हाल १० लाखभन्दा बढी गा्रहकलाई ८२ शाखा, एक सय २० एटीएम,१५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरम ार्फत आफ्ना सेवा पु¥याउँदै आएको छ । बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीद्वारा ‘युरोमनी अवार्ड फर द बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत सम्मानित भइसकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै