• २०८१ बैशाख १६ आइतबार

इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ती गर्ने प्रस्ताव पारित

kharibot

काठमाडौँ  ।नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने प्रस्ताव पारित भएको छ । असोज २८ गते बसेको बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० को स्वाप अनुपातमा प्राप्ति गर्ने भएको छ । अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयर बापत इन्भेष्टमेण्ट बैंकको ३० कित्ता सेयर पाइने भएको छ । 

“ग” वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्सको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ ।  सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेको चुक्ता पूँजी  १४ अर्ब  ३७ करोड रुपैया हुनेछ र प्रवद्र्धकहरुको शेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु शेयर स्वामित्व ३१.५२ प्रतिशत हुने बैंकले जनाएको छ ।
 
इन्भेष्टमेण्ट बैंकले हाल ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ्ग काउन्टरहरूबाट ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै