• २०८१ बैशाख १७ सोमबार

एप्पलको आईओएस–१३ को पब्लिक बिटा भर्जन सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड 

kharibot

अमेरिका । अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो आईओएसको भर्जन २०१९ अर्थात् आईओएस १३ सर्वसाधारणका लागि सार्वजनिक गरेको छ । अब आईओएस १३ को पब्लिक बिटा निःशुल्क डाउनलोड गर्न सकिन्छ । 

यसको डेभलपर भर्जनको लागि भने वार्षिक ९९ डलर शुल्क बुझाउनुपर्नेछ । यसबारे कम्पनीले गत हप्ता नै जानकारी दिएको थियो । गत हप्ता कम्पनीले यसको परिचय दिनुका साथै डेभलपर बिटा भर्जन पनि उपलब्ध गराउन सुरु गरेको थियो । 

आईओएस १३ को पब्लिक बिटा एक बिटा भर्जन हो । यो यस भर्जनको अन्तिम रूप भने होइन । यो अन्तिम भर्जनजस्तो स्मूथ छैन । त्यस्तै, यसमा केही बग पनि हुन सक्ने बताइएको छ । कम्पनीले यो बिटा भर्जनको माध्यमले आइओएस १३ को परीक्षण गर्न चाहेको बताएको छ । यसबारे फिडब्याक आएपछि यसलाई अझै सुधार गरेर अन्तिम रुप दिने कम्पनीको भनाइ छ । विशेषज्ञहरुले भने हाल यो बिटालाई आफ्नो व्यक्तिगत डिभाइसमा इन्स्टल गर्न नहुने बताएका छन् । 

पब्लिक बिटा भर्जन डाउनलोड गर्ने प्रयोगकर्ताले अन्तिम भर्जन आउनुभन्दा पूर्व नै यसका सबै फिचरको अनुभव गर्न पाउनेछन् । अन्तिम भर्जन भने यो वर्षको सेप्टेम्बर अथवा अक्टुबरतिर सार्वजनिक हुने बताइएको छ । आईओएस १३ पब्लिक बिटा भर्जन आइपड टच डिभाइसबाट पनि डाउनलोड गर्न सकिन्छ । 

यो अपडेटलाई इन्स्टल गर्नुपुर्व आफ्नो मोबाइलले यो बिटा भर्जनलाई सपोर्ट गर्छ कि गर्दैन भन्ने ख्याल राख्नुपर्छ । यदि आफ्नो डाटा सुरक्षित राख्न चाहने हो भने डाटाको ब्याकअप राख्नु उत्तम हुन्छ । 

आईओएस डाउनलोड गर्ने तरिका :

आइफोनको सफार ब्राउजरमा बेटा डट एप्पल डटकम खोल्नुहोस्, 

एप्पल आईडी र पासर्वडको प्रयोग गरी साइनइन नगर्नुहोस्, 

यदि एप्पलको मेम्बर हुनुहुन्न भने नयाँ साइनइन गर्नुपर्ने हुन्छ,

लगइन भइसकेपछि आईओएस ट्याबको तल दिइएको इनरोल योर डिभाइसमा क्लिक गर्नुहोस्, 

एप्पलले संकेत गरेको आईट्युन्समा डाटाको ब्याकअप राख्नुहोस्, 

यही पेजमा तल्लो भागमा डाउनलोड प्रोफाइल अप्सनमा क्लिक गर्नुहोस्, 

डाउनलोड अथराइज गर्नुहोस् र आइफोनमा रहेको सेटिङ एप खोल्नुहोस्, 

त्यसपछि स्क्रीनमा आएको इन्स्टल प्रोफाइल अप्सनमा ट्याप गर्नुहोस्  । 

फोन रिस्टार्ट भएपछि सेटिङमा गएर जनरल अप्सनमा गएर आईओएस १३ इन्स्टलका लागि तयार भए÷ नभएकोबारे सफ्टवेयर अपडेट चेक गर्न सकिन्छ । 

यो अपडेट इन्स्टल भएपछि बिटा अपडेट ओभर द एयर उपलब्ध हुन्छ । अपडेट मन नपरेमा फेरि रेगुलर भर्जनमा जान फोनलाई रिसेट गर्नुपर्नेछ । आईओएस १३ लाई आइप्याडमा इन्स्टल गर्न सकिँदैन । किनकि, आइप्याड छुट्टै ओएसमा चल्दछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै