• २०८१ बैशाख १५ शनिबार

न्युजील्याण्डविरुद्ध जित्नैपर्ने दबाबमा खेल्दै पाकिस्तान

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज न्युजील्याण्ड र पाकिस्तान खेल्दै छन् । अहिलेसम्म अपराजित रहेको न्युजील्याण्ड र सेमिफाइनलमा पुग्न संघर्षरत पाकिस्तानको यो खेल दुवै टिमका लागि महत्वपूर्ण देखिएको छ ।

अहिले ११ अंकका साथ दोस्रो स्थानमा रहेको न्युजील्याण्डले यो खेल जितेमा सेमिफाइनलमा पुग्ने अस्ट्रेलियापछिको दोस्रो टिम हुने छ भने पाकिस्तान पराजित भएमा उसको सेमिफाइनलको यात्रा टुंगिने छ ।

न्युजील्याण्डले अहिलेसम्म ५ खेलमा जित हासिल गरेको छ भने एक खेल भारतविरुद्धको खेल बर्षाले रद्ध हुदा अंक बाडेको थियो ।

यस विश्वकपमा न्युजील्याण्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा अफगानिस्तानलाई ७ विकेटले र पाँचौ खेलमा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै छैठौ खेलमा वेस्टइन्डिजलाई ५ रनले पराजित गरेको थियो । आफ्नो भारतविरुद्धको पाँचौ खेल बर्षाले रद्ध भएको थियो ।

त्यस्तै पाकिस्तानको विश्वकप यात्रा भने त्यति सुखद देखिएको छैन । पाकिस्तानले यस विश्वकपमा इङल्याण्डलाई १४ रनले पराजित गरेको थियो भने दक्षिण अफ्रीकालाई ४९ रनले पराजित गरेको छ ।

त्यस्तै पाकिस्तान वेस्टइन्डिजसँग ७ विकेटले पराजित भयो भने भारतसँग ८९ रनले पराजित भयो । त्यस्तै अस्ट्रेलियासँग ४१ रनले पराजित गर्यो ।

त्यस्तै पाकिस्तानको श्रीलंकासँगको खेल वर्षाले रद्ध हुँदा अंक बाडेको थियो ।

प्रमुख खेलाडी :

यस खेलमा न्युजील्याण्डका तर्फबाट कप्तान केन विलियम्सन र पाकिस्तानबाट तिब्र गतिका बलर मोहमद आमिर प्रमुख खेलाडी हुने छन् ।

विलियम्सनले यस विश्वकपमा आफ्नो उत्कृष्ट फर्म देखाउदै ५ खेलमा २ शतक र एक अर्धशतकसहित ३७३ रन बनाएका छन् । विलियम्सनले वेस्टइण्डिजविरुद्ध १४८, दक्षिण अफ्रिकाविरुद्ध १०६ रन बनाएका थिए भने अफगानिस्तानविरुद्ध ७९ र बंगलादेशविरुद्ध ४० रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानका बलर आमिरले यस विश्वकपमा उत्कृष्ट बलिङ गर्दै ५ खेलमा १५ विकेट लिएका छन् । आमिरले अस्ट्रेलियाविरुद्ध ५ विकेट लिएका थिए भने वेस्टइण्डिज र भारतविरुद्ध ३-३ विकेट लिएका थिए । त्यस्तै इङल्याण्ड र दक्षिण अफ्रीकाविरुद्ध २-२ विकेट लिएका थिए ।          

सम्भावित टिम :

न्युजील्याण्ड : केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, कोलिन डी ग्रांडहोम, लकी फर्गुसन, मार्टिन गुप्टिल, टम लाथम, कोलिन मुन्रो, जिम्मी नीशाम, मिशेल सेन्टनर, रोज टेलर र माट हेनरी ।

पाकिस्तान : सरफराज अहमद (कप्तान), इमाम उल हक, फखर जमान, बबर आजम, मोहम्मद हफीज, इमाद वसीम, शादाब खान, वहाब रियाज, मोहम्मद आमिर, हरिस सोहेल, शाहीन अफरीदी ।

इङल्याण्डको ब्रिमीङघममा हुने यस खेलमा मंगलबार दिनभरी बर्षाका कारण पिच ढाकिएकाले बुधबार पिचले कस्तो व्यवहार गर्छ भन्ने अनुमान गर्न कठिन हुने देखिएको छ । तर आम रुपमा यस विश्वकपमा पहिला ब्याटिंग गर्ने टिमले नै जितिरहेकाले टस महत्वपूर्ण हुने देखिन्छ ।
                                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै