• २०८१ बैशाख २७ बिहीबार

ललिता निवास जग्गा प्रकरण : अख्तियारले ८६ जनालाई बयानका लागि बोलायो

kharibot

काठमाडौं- ललिता निवासको सरकारी जग्गाको विवादमा परेकाहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बयानका लागि सूचना जारी गरेको छ ।

बुधबार आयोगले सार्वजनिक सूचना जारी गर्दै ८६ जनालाई बयानको लागि बोलाएको हो। नाति महर्जनसमेतको नाउँमा ८६ जनालाई बयानको लागि सात दिने म्याद दिइएको छ ।

'तपाईसमेतको संलग्नतामा सरकारले प्रचलित कानुनबमोजिमको मुआब्जा समेत दिई अधिग्रहण गरिलिएको साबिक साबिक हाँडीगाउँ मौजा हा.नं. ४५६ को लगत भिड्ने ललिता निवास क्याम्पभित्र पर्ने काठमाडौं, बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं, डिल्लीबजारका कर्मचारीहरुसमेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेकव भन्नेसमेत व्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ। यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको अनुसन्धान महाशाखा नं २ मा सम्पर्क राख्न आउनु होला, नआए कानुनबमोजिम भई जाने छ।' सूचनामा भनिएको छ।

२०६२ सालमा व्यापारी मीनबहादुर गुरुङ तथा छानबिन समितिले भूमाफिया किटान गरेका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीलगायतले उक्त जग्गा सस्तोमा किनेका थिए । पछि मन्त्रिपरिषद्, मुख्य सचिव, सचिव, मालपोत कर्मचारीलगायतलाई प्रभावमा पारी भूमाफिया र व्यापारीले बालुवाटारको जग्गा प्लटिङ गरेर नेकपा महासचिव विष्णु पौडेलसहित आधा दर्जन व्यापारिक घराना, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतलाई बेचेका थिए ।

अहिले बालुवाटारको हडपिएको सो जग्गामा सयभन्दा बढी व्यक्ति भोगाधिकारी छन् । 

अख्तियारको सूचना : 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै