• २०८१ बैशाख १५ शनिबार

पाकिस्तानविरुद्ध न्युजील्याण्डले टस जितेर ब्याटिंग गर्दै  

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज न्युजील्याण्ड र पाकिस्तान खेल्दै छन् ।

बर्षाले गर्दा ढिलो गरी भएको टस न्युजील्याण्ड जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ढिला शुरु भएपनि ओभर घटाइएको छैन भने दुवै टिमले पछिल्लो खेलमा खेलेका खेलाडीमा कुनै परिवर्तन गरेका छैनन् ।          

अहिलेसम्म अपराजित रहेको न्युजील्याण्ड र सेमिफाइनलमा पुग्न संघर्षरत पाकिस्तानको यो खेल दुवै टिमका लागि महत्वपूर्ण देखिएको छ ।

अहिले ११ अंकका साथ दोस्रो स्थानमा रहेको न्युजील्याण्डले यो खेल जितेमा सेमिफाइनलमा पुग्ने अस्ट्रेलियापछिको दोस्रो टिम हुने छ भने पाकिस्तान पराजित भएमा उसको सेमिफाइनलको यात्रा टुंगिने छ ।

न्युजील्याण्डले अहिलेसम्म ५ खेलमा जित हासिल गरेको छ भने एक खेल भारतविरुद्धको खेल बर्षाले रद्ध हुदा अंक बाडेको थियो ।

यस विश्वकपमा न्युजील्याण्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा अफगानिस्तानलाई ७ विकेटले र पाँचौ खेलमा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै छैठौ खेलमा वेस्टइन्डिजलाई ५ रनले पराजित गरेको थियो । आफ्नो भारतविरुद्धको पाँचौ खेल बर्षाले रद्ध भएको थियो ।

त्यस्तै पाकिस्तानको विश्वकप यात्रा भने त्यति सुखद देखिएको छैन । पाकिस्तानले यस विश्वकपमा इङल्याण्डलाई १४ रनले पराजित गरेको थियो भने दक्षिण अफ्रीकालाई ४९ रनले पराजित गरेको छ ।

त्यस्तै पाकिस्तान वेस्टइन्डिजसँग ७ विकेटले पराजित भयो भने भारतसँग ८९ रनले पराजित भयो । त्यस्तै अस्ट्रेलियासँग ४१ रनले पराजित गर्यो । त्यस्तै पाकिस्तानको श्रीलंकासँगको खेल वर्षाले रद्ध हुँदा अंक बाडेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय