• २०८१ बैशाख २० बिहीबार

संघीय संरचना बिनाको काँग्रेस : जागरण र अन्तरक्रिया

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल एवं अन्तरक्रिया शुरु गरेको छ ।

बुधबारदेखि शुरु गरिएको अन्तरक्रियामा  पार्टी महामन्त्री पूर्णबहादुर खड्काले निश्चित योजना र कार्यदिशासहित ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिले लिखित प्रतिवेदन बुझाएर छलफल गरिने जानकारी दिए । 

अन्तरक्रियाबाट आएको निष्कर्ष यही असार २२ गतेदेखि शुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा राखिने पनि उनले बताए । बुधबार र बिहीबारसम्म हुने अन्तरक्रियामा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने कार्यतालिका छ । 

जागरण अभियानको पहिलो चरण गत वैशाख २५ मा शुरु भई जेठ २५ गते सम्पन्न भएको थियो । अभियानको एक महीनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिकसभा, खुलासभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम गरिएको थियो ।  

अभियानको दोस्रो चरण बिपी जयन्तीका दिन आगामी भदौ २४ गते प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ । तेस्रो चरण आगामी पुस ७ गतेदेखि पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिनमा समापन गरिने काँग्रेसको कार्यक्रम रहेको छ । दुईदिने अन्तरक्रियामा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिका साथै पार्टीका वर्तमान एवं पूर्वकेन्द्रीय पदाधिकारीको सहभागिता छ ।

बुधबारको अन्तरक्रियामा केन्द्रीय सदस्य महेश आचार्यले राखेका धारणालाई हेर्नेहो भने पनि अहिले जागरण तल्लो तहमा भन्दा केन्द्रीय तहमा देखिएको छ । आचारले पार्टी शुद्धीकरण आवश्यक र त्यसका लागि नेताहरू सुध्रिनुपर्ने धारणा राख्दै ‘सांसद र पार्टीबीच राम्रो समन्वय छैन, साठी र चालिसको भागबण्डाले पार्टीलाई कमजोर बनाएको छ । अस्तव्यस्त सांगठिनक संरचनालाई पूर्णता दिन चाँडै अधिवेशन हुनुपर्छ ’ उनले भने । 

अहिले काँग्रेसमा तलका संरचना नबनेसम्म दोस्रो चरणको जागरण सुरु गर्न नहुने दबाब बढिरहेको छ । पार्टी संघीय संरचनामा नजादा कार्यकर्ता जिमेवार विहिन जस्तै छन् भने भ्रातृ संस्थाहरूको अवस्था पनि अस्तव्यस्त रहेको छ । नेविसंघ कम चलाउ छ भने तरुण दल केहि पदाधिकारीले चलाई रहेका छन् । 

संरचना बिनाको जागरण : गगनको सटिक टिप्पणी 

केहि दिन अघि काँग्रेसका युवा नेता गगन थापाले एक कार्यक्रममा जागरणका बारेमा वास्तविक टिप्पणी गरे । गगनले भने, ‘नेपाल संघीय संरचनामा गैसक्यो, देशभरीको कार्यक्रममा म पनि गए, जागरण अभियान भनेर गयो, आशनग्रहण गराउदा अब साबिकको गाबिस अध्यक्ष फलानोलाई आसनग्रहण गराउदैछु, अब म सबिकको नगरप्रमुखलाई आसनग्रहण गराउदै छु, देश संघियतामा गएयर कँहा पुगिसक्यो हामी अहिलेपनि त्यो पुरानो संरचनाका सबै अवशेषलाई बोकेर संघठनको फण्डामेन्टल कुरा तलको युनिट नै छैन । साथीहरुले नेविसंघ तरुण दल भन्नुभयो, ति त छदै छैनन, पार्टीको लोकल युनिट नै छैनन् ।’

गगन थापाका यी भनाईले नै अहिलेको काँग्रेसको अवस्थाको प्रष्ट चित्र देखाउछ । जतिसुकै जागरण र अन्तरक्रिया गरेपनि देशको संरचना अनुसार पार्टीको संघठन निर्माण नगरेसम्म काँग्रेसको संगठानिक सुधार हुन नसक्ने देखिएको छ । काँग्रेसमा अहिले समयमा महाधिवेशन गर्ने कि सभापतिले आफ्नो अधिकार प्रयोग गरेर एक बर्षे कार्यकाल थप्ने तयारी गरेको बहस चलिरहेको छ ।

केन्द्रीय समिति बैठक बस्दै :

यसै बीच नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते आइतबारदेखि शुरु हुदै छ ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली काँग्रेसको नियमावली, २०७६ मा छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रमको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान तथा देशको समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

संगठानिक रुपमा महत्वपूर्ण समयमा यो बैठक बस्न लागेको भएपनि काँग्रेसभित्रको आन्तरिक कलह र गुटबन्दीको असर यस बैठकमा पनि देख्न सकिने अनुमान गरिएको छ । काँग्रेस भित्र अहिले सरकार कम्जोर भएको बेला आफ्नो भूमिका देखाउन नसकको, आम जनतामा स्पष्ट विचार राख्न नसकेको, पार्टीको  संगठन अस्तव्यस्त बनाएको चुनौती रहेको छ । यस्तो अवस्थामा जागरणको अन्तरक्रिया र केन्रीटीय समितिले कस्तो भूमिका खेल्छ, काँग्रेस कार्यकर्ताका लागि कौतुहलताको विषय बनेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै