• २०८१ बैशाख १५ शनिबार

हिमालयन बैंकको ५९औ शाखा काठमाडौंको सुकेधारामा

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका— ४, सुकेधारमा आजदेखि आफ्नो ५९ औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको समुद्धघाटन बैंक सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच गरेका छन् । सो अवसरमा उनले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दौ र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले ग्राहकबर्गहरुलाई अत्याधुनिक बैंकिंग सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

अध्यक्ष श्रेष्ठले समृद्धिका लागी साना तथा मझौला  उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए ।

उनले समग्र महानगरबासीको सबृद्धि यात्रामा हिमालयन बैंक सम्बन्धित निकायहरुसँग सहकार्य गरेर अगाडी बढ्ने धारण व्यक्त गरे ।

उनले ग्राहकवर्गको बैंक प्रति गहिरो भरोसा रहेको चर्चा गर्दै नेपालमा स्वस्थ्य बैकिङ्ग प्रणालीको विकास र जनतालाई सुलभ तथा स्तरीय सेवा पुर्याउन हिमालयन बैंक कटिबद्ध रहेको बताए । 

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रयमासको अन्त्यसम्मा रु. १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा रु. ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा रु. २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ ।  हाल बैंकको एटिएम संख्या १२० र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको छ ।  

समुद्धघाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु लगायत बैंकका प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा भएको थियो । स्थानीय उद्योगपति, व्यवसायी तथा अन्य गण्यमान्य व्यक्तिहरुको पनि समारोहमा उपस्थिति थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै