काठमाडौँ । भुटानको थिम्पुमा मंगलबारदेखि ५औं भारत-भुटान मैत्री टेनिस प्रतियोगिताको ४५+ भेट्रान समुहमा राप्रपा अध्यक्ष कमल थापा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
थापाले भारत दार्जीलिङको देवनम लामालाई ६-१ र ६-२ मा पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
त्यस्तै मेन्स सिंगल्समा भने भारत आसामको केने सेवाङसँग थापा ६-० र ६-० मा पराजित भएका छन् ।
त्यस्तै प्रतियोगितामा लेडिज सिङ्गल्समा नेपालकी असलेषा लिसानेविचले भारत मणिपुरकी बण्टीलाई ४-६,६-३ र ७-६ मा पराजित गरेकी छन् ।
प्रतियोगितामा नेपाल,भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरुको सहभागिता छ। प्रतियोगितामा मेन्स सिंगल्स, लेडिज सिंगल्स,४५+समुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन् ।