• २०८१ बैशाख १८ मंगलबार

बुमराहको एकदिवसीय क्रिकेटमा सय विकेट

kharibot

काठमाडौँ । भारतीय तिब्र गतिका बलर जसप्रित बुमराहले एकदिवसीय क्रिकेटमा सय विकेट लिएका छन् ।

बुमराहले अहिले जारी विश्वकप अन्तर्गतको खेलमा श्रीलंकाविरुद्ध विकेट लिदै एकदिवसीय क्रिकेटमा आफ्नो सयौ विकेट लिएका हुन् ।

बुमराहले ५७ खेल खेल्दै सय विकेट लिए । श्रीलंकाका कप्तान दिमुथ करुनारत्नेलाई आउट गर्दै बुमराहले सो सफलता हासिल गरेका हुन् । सय विकेट लिने क्रममा बुमराहले एक पटक ५ विकेट समेत लिएका छन् ।

बुमराह भारतबाट कम खेलमा सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् । भारतका तर्फबाट ५६ खेलमा सय विकेट लिदै कम खेलमा सय विकेट लिने रेकर्ड मोहमद सामीले राखेका छन् । त्यस्तै भारतबाट इरफान पठानले ५९ खेलमा सय विकेट लिएका थिए ।

एकदिवसीय क्रिकेटमा कम खेलमा सय विकेट लिने रेकर्ड भने अफगानिस्तानका राशिद खानको नाममा रहेको छ । राशिदले ४४ खेलमा सय विकेट लिदै यो रेकर्ड कायम गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय