• २०८१ बैशाख १७ सोमबार

अमेरिकाले जित्यो महिला फुटबल विश्वकपको उपाधि

kharibot

काठमाडौँ । महिला फुटबल विश्वकपको उपाधि अमेरिकाले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अमेरिकाले नेदरल्याण्डसलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा अमेरिकाले खेलको ६१औ मिनेटमा मेगन रपिनोएको पेनाल्टी फोलबाट अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि रोज लावेलेले गोल गर्दै अमेरिकालाई २-० को अग्रता दिलाएकी थिइन् ।

फिफा महिला फुटबल विश्वकपको इतिहासमा नै अमेरिकाले लगातार १२ खेल जित्दै विश्वकपको उपाधि जितेको छ ।

अमेरिकाको यो चौथो महिला विश्वकपको उपाधि हो । यस अघि सन् १९९१, १९९९, २०१५ मा विश्वकप जितेको थियो । अमेरिका अहिलेसम्म धेरै पटक विश्वकप जित्ने देश समेत हो ।

त्यस्तै जर्मनीले अहिलेसम्म २ पटक, नर्वेले एक पटक र जापानले एक पटक महिला फुटबल विश्वकपको उपाधि जितेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै