• २०८१ जेठ ५ शनिबार

खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव सिलवालले लिए सपथ

kharibot

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा सपथ गराएका हुन् ।

नेकपानिकट मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्व अध्यक्ष समेत रहेका सिलवाललाई सरकारले राखेपको नयाँ सदस्य सचिव नियुक्त गरेको हो । उनी धादिङ बेनीघाटका स्थायी बासिन्दा हुन् ।

गोल्डेन गेट कलेजका सीईओसमेत रहेका उनी नेपाल क्रिकेट संघ (क्यान) निलम्बन हुनुअघि राखेपद्वारा गठित तदर्थ समितिको संयोजक समेत थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै