• २०८१ बैशाख १५ शनिबार

‘नेइमारले पिएसजी छोड्न सक्छन् तर कसैले अफर गरेको छैन’

kharibot

काठमाडौँ । पिएसजीका स्पोर्टिंग डाइरेक्टर लियोनार्दोले नेइमारले पिएसजी छोड्न सक्ने बताएका छन् ।

नेइमारले पिएसजी छोड्ने चर्चा चलिरहेका पिएसजीका निर्देशकले नेइमारले पिएसजी छोड्न सक्ने तर आजको दिनसम्म उनलाई किन्न कुनै क्लबबाट अफर नआएको स्पष्ट गरेका छन् । निर्देशक लियोनार्दोले मिडियामा आएजस्तो बार्सिलोनाबाट कुनै अफर अहिलेसम्म नआएको समेत बताएका छन् ।

बार्सिलोनाले नेइमार भित्र्याउन पहल गरिरहेको मिडिया रिपोर्ट आइरहेका बेला नेइमारलाई भित्र्याउन रियल म्याड्रिडले समेत चासो देखाएको बताइएका बेला उनले यस्तो बताएका हुन् ।
केहि दिनअघि बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउले समेत पिएसजीले नेइमारलाई क्लब नछोड्ने बताएका थिए ।

तर बार्सिलोनाका अध्यक्ष जोसेपको जवाफ दिदै पिएसजीले सहि अफर आएमा नेइमारलाई बेच्ने स्पष्ट गरेका हुन् । लियोनार्दोले सबै कुरा सबैलाई थाहा भएको भन्दै नेइमारको पिएसजीमा अहिलेसम्म तीन बर्षको सम्झौता रहेको भन्दै आफुहरुले कुनै अफर नपाएसम्म यस विषयमा थप कुरा गर्न नसकिने बताए ।

उनले पिएसजीले क्लबमा बस्न रुचाउने खेलाडीहरुलाई मात्र क्लबमा राख्ने भन्दै उनले आफुहरुलाई क्लबमा रहेर क्लबको फेभर गरेको छु भन्ने खेलाडीलाई क्लबले नराख्ने समेत बताए ।

बार्सिलोनासँग नेइमारको बारेमा अनौपचारिक कुराकानी भएको स्वीकार गर्दै उनले बार्सिलोनाले नेइमारका लागि कुनै आधिकारिक अफर अहिलेसम्म नगरेको बताए ।

पिएसजीको नयाँ सिजनको प्रशिक्षण सुरु सोमबार देखि भएको भएपनि नेइमार भने अनुपस्थित रहेका छन् । नेइमारका पिताले भने नेइमार जुलाई १५ सम्म मात्र क्लबमा प्रशिक्षणका लागि पुग्ने बताएका छन् ।

नेइमारको छुट्टी ८ जुलाईसम्म भएको र उनी अहिलेसम्म क्लबमा नफर्किएको भन्दै निर्देशक लियोनार्दोले उनको क्लब र स्पोन्सरहरुसँग सम्झौता रहेको र क्लबले उनीसँग उनको छुट्टी बढाउने विषयमा कुनै कुराकानी नभएको समेत बताए ।

नेइमार हाल इन्जुरीबाट निस्किने अन्तिम तयारीमा रहेका छन् । इन्जुरीका कारण ब्राजिलको कोपा अमेरिका समेत गुमाएका नेइमार अब पिएसजीको प्रशिक्षणमा फर्किन्छन या फर्किदैनन सबैको चासोको विषय बनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै