• २०८१ बैशाख १७ सोमबार

रियल म्याड्रिड सुपर कोपाको फाइनलमा

kharibot

काठमाडौँ । रियल म्याड्रिड स्पेनिस सुपर कोपाको फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई ५-३ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड सुपर कोपाको फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले ३-३ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा रियल म्याड्रिडले २ गोल थपेपछि खेल ५-३ ले जितेको थियो ।

रियल म्याड्रिडका लागि एन्टोनियो रुडीगेर, फेर्लान्ड मेन्डी, डानी कार्भाजल, जोसेलु र ब्राहिम डियाजले एक एक गोल गरेका थिए ।

त्यसैगरी एटलेटिको म्याड्रिडका लागि मारियो हेर्मोसो र एन्टोनियो ग्रीजम्यानले एक एक गोल गरेका थिए भने एक गोल रियलका एन्टोनियो रुडीगेरले आत्मघाती गोल गरेका थिए ।

अब फाइनलमा रियल म्याड्रिडले बार्सिलोना र ओसासुनाबीचको विजेतासँग जनवरी १४ मा खेल्ने छ । बार्सिलोना र ओसासुनाबीचको सेमिफाइनल खेल आज राति हुदै छ ।

स्पेनिस सुपर कोपा ला लिगाको विजेता र उपविजेता तथा कोपा डेल रेको विजेता र उपविजेता खेल्ने गर्दछन् । यस सिजनमा रियल म्याड्रिड कोपा विजेता र ला लिगाको उपविजेता भएकाले ला लिगाको तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले खेल्ने अवसर पाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय