• २०८१ बैशाख १४ शुक्रबार

इङल्याण्डले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई सक्ला त रोक्न ?

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुदै छ । आयोजक इङल्याण्ड र अस्ट्रेलियाबीचको यो खेल नेपाली समय अनुसार सवा ३ बजे हुदै छ ।

समुह चरणमा १४ अंकसहित दोस्रो स्थानमा रहदै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा पुगेको हो । अस्ट्रेलियाले लिग चरणमा खेलेका ९ खेलमा भारत र दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

त्यस्तै आयोजक इङल्याण्डले ९ खेलमा ६ खेलमा जित र ३ खेलमा हार बेहोरेर १२ अंकसहित सेमिफाइनलमा छनौट भएको हो ।

यसअघि लिग चरणमा भएको यी दुई टिमको खेलमा अस्ट्रेलिया ६४ रनले विजयी भएको थियो ।

अस्ट्रेलिया विश्वकपको डिफेन्डिङ च्याम्पियन हो भने ५ पटक विश्वकप उपाधि जितेको छ । त्यस्तै इङल्याण्ड भने १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनल खेलेको भएपनि अहिलेसम्म विश्वकप जित्न सकेको छैन ।

विश्वकपमा अहिलेसम्म अस्ट्रेलिया र इङल्याण्ड अहिलेसम्म ८ खेल खेलेका छन् । जसमा अस्ट्रेलिया ६ खेलमा विजयी भएको छ भने इङल्याण्ड २ पटक विजयी भएको छ ।

अस्ट्रेलियाको डेविड वार्नर र एरोन फिन्चको जोडी यस विश्वकपमा उत्कृष्ट देखिएको छ । वार्नरले अहिलेसम्म ३ शतक र ३ अर्धशतकसहित ६३८ रन बनाएका छन् । त्यस्तै एरोन फिन्चले २ शतक र ३ अर्धशतकसहित ५०७ रन बनाएका छन् । भारतको जस्तै अस्ट्रेलियाको पनि मिडल अर्डर चिन्ताको विषय बनेको देखिन्छ । यस विश्वकपमा वार्नर र फिन्च छिटो आउट भएको अवस्थामा अस्ट्रेलिया हारको नजिक पुगेको वा खेल हारेको देखिएको छ ।

त्यस्तै अस्ट्रेलियाका बलर मिचेल स्टार्कले अहिलेसम्म २६ विकेट लिएर धेरै विकेट लिने बलर बनेका छन् । उनी एकै विश्वकपमा धेरै विकेट लिने अस्ट्रेलियाकै बलत ग्लेन म्याग्राको रेकर्डको बराबरी गरेका छन् । अब एक विकेट लिएमा उनले नयाँ रेकर्ड समेत बनाउने छन् । त्यस्तै पाट कमिन्सले १३ विकेट लिएर स्टार्कलाई राम्रो साथ दिइरहेका छन् ।

इङल्याण्डका लागि यस विश्वकपमा जोय रुट, जोनी बैरस्टोव र बेन स्टोकले उत्कृष्ट ब्याटिंग गरेका छन् । रुटले २ शतक र ३ अर्धशतकसहित ५ सय रन बनाएका छन् । त्यस्तै जोनी बैरस्टोवले २ शतक र २ अर्धशतकसहित ४६२ रन बनाएका छन् । त्यसैगरि बेन स्टोकले शतक नबनाए पनि ४ अर्धशतकसहित ३८१ रन बनाएका छन् । यी बाहेक कप्तान इयोन मोर्गन, जस बटलर र जेसन रोयले पनि अस्ट्रेलियाका बलरलाई चुनौती दिने देखिन्छ । बिचमा इन्जुरी भएर केहि खेल गुमाए पनि जेसन रोयले ६ खेलका ५ इनिंगमा ३४१ रन बनाएका छन् । जसमा एक शतक र ३ अर्धशतक सामेल छन् । अस्ट्रेलियाका लागि रोय प्रमुख चुनौती हुन सक्छन । यस अघि खेलेको खेलमा रोय इन्जुरीका कारण खेलेका थिएनन् ।        

त्यस्तै यस प्रतियोगितामा इङल्याण्डका बलर जोफ्रा आर्चरले निकै प्रभावित पारेका छन् । आर्चरले ९ खेलमा १७ विकेट लिएका छन् । आर्चरले इङल्याण्डका लागि सहि समयमा विकेट लिएर ब्रेकथ्रु दिइरहेका छन् । त्यस्तै अर्का बलर मार्क वुडले पनि १६ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् । अस्ट्रेलियाको शिर्षक्रमलाई आउट गर्ने प्रमुख जिम्मा आर्चर र वुडमाथि रहेको छ ।

सम्भावित खेलाडी :

अस्ट्रेलिया : एरोन फिन्च (कप्तान),  जासन बेहरेनडोर्फ, एलेक्स कैरी,  नाथन कूल्टर नाइल, पाट कमिन्स, पीटर ह्यान्ड्सकब, नाथन लियोन, ग्लेन म्याक्सवेल, स्टीव स्मिथ, मिचेल स्टार्क र डेविड वार्नर ।

इङल्याण्ड : इयोन मोर्गन (कप्तान), जोफरा आर्चर, जोनी बैरस्टोव, जोस बटलर, लियाम प्लंकेट, आदिल राशिद, जोए रूट, जेसन रोय, बेन स्टोक्स, क्रिस वोक्स र  मार्क वुड ।

पहिलो सेमिफाइनलमा जस्तै यस खेलमा पनि वर्षा बाधक हुने अनुमान गरिएको छ । हरियो पिच रहेकोले टस जित्ने टिमले पहिला ब्याटिंग गर्ने अनुमान गरिएको छ । त्यसो त यस विश्वकपका धेरै खेल पहिला ब्याटिंग गर्ने टिमले नै जितेको देखिन्छ ।

अहिलेसम्म धेरै ५ पटक विश्वकप जितेको अस्ट्रेलिया र आफ्नो घरमै आयोजना भएको यस पटकको विश्वकप जितेर पहिलो पटक विश्वकप जित्ने दाउ हेरेको इङल्याण्डबीचको यो खेल निकै रोमान्चक हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै