काठमाडौँ । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इङल्याण्डलाई २२४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियालाई इङल्याण्डले उत्कृष्ट बलिङ गर्दै ४९ ओभरमा अल आउट हुदै २२३ रनमा समेटेको हो ।
अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रन बनाएका थिए । स्मिथले ११९ बल खेल्दै ८५ रन बनाएर अस्ट्रेलियाको पारी सम्हालेका थिए । केबल १४ रनमा सुरुका तीन खेलाडी गुमाएको अस्ट्रेलियाका लागि स्मिथले एलेक्स केरीसँग मिलेर चौथो विकेटका लागि १०३ रनको साझेदारी गरेका थिए ।
केरी ४६ रन बनाएर आउट भएका थिए । त्यस्तै मिचेल स्टार्कले २९ रन बनाए भने ग्लेन म्याक्सवेलले २२ रन बनाएर आउट भए । त्यस्तै डेविड वार्नर ९, कप्तान एरोन फिन्च ०, पिटर ह्यान्ड्सकब ४, मार्कोस स्टोइनिस ०, पाट कमिन्स ६ रन बनाएर आउट भएका थिए ।
इङल्याण्डका बलर क्रिस वोक्स र एदिल राशिदले सर्वाधिक ३-३ विकेट लिएका थिए । त्यस्तै जोफ्रा आर्चरले २ विकेट लिएका थिए । त्यस्तै मार्क वुडले एक विकेट लिएका थिए ।
यस खेलको विजेताले फाइनलमा न्युजील्याण्डसँग खेल्ने छ ।