• २०८१ बैशाख १४ शुक्रबार

सरकारसँगको १० बुँदे सहमतिपछि डा.गोबिन्द केसीले अनशन तोडे  

kharibot

डा. गोबिन्द केसी

काठमाडौँ । सरकारले चिकित्सा शिक्षा विधेयक सरकारले अध्यादेशबाट ल्याउने भएपछि चौधौ दिन डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित सरकारी तथा केसी वार्ताटोलीबीच भएको बैठकमा कात्तिक ६ गते बस्ने मन्त्रिपरिषदले यो विधेयकसम्बन्धी अध्यादेश पारित गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने बैठकको निर्णय भएको थियो । 

बिहीबारबाट तिहार विदा सुरु हुने भएकाले अर्को मन्त्रिपरिषद बैठकले विधेयक पारित गर्ने सहमति भएको हो ।

के केमा भयो सम्झौता :

त्रिभुवन र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई छानबिनको निम्ति प्रक्रिया सुरु गर्ने पनि सम्झौता भएको छ ।

काठमाडौं विश्वविद्यालयको शुल्क घोटालामा आरोपित पदाधिकारी तथा काठमाडौं नेसनल कलेजलाई सम्बन्धन दिइएको प्रकरणमा मुछिएका त्रिवि पदाधिकारीलाई छानबिन थाल्ने सहमति भएको छ । सरकारतर्फबाट गौरीबहादुर कार्कीलाई छानबिनमा पठाउने सम्झौतामा उल्लेख छ ।

त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा पोस्ट ग्रायजुएटको शुल्क कटौती गर्न पनि सरकारी पक्ष सहमत भएको छ। हाल ३१ लाख रुपैयाँ लाग्दै आएकोमा २३ लाख लिने सहमति भएको छ ।

देशका विभिन्न ठाउँमा भुगोल र जनसंख्याका आधारमा सरकारी मेडिकल कलेज खोल्दै जाने योजनाअनुसार इलाम, उदयपुर र डडेल्धुरामा खोल्ने सहमति भएको छ। यसका लागि आगामी मन्त्रिपरिषदले मेडिकल कलेज खोल्ने प्रस्ताव स्वीकृत गरी बजेट दिने निर्णय भएको छ ।

अबदेखि सिटिइभिटीबाट सम्बन्धन दिँदा भूगोल, जनसंख्या र आवश्यकताका आधारमा नक्सांकन गरी पूर्वाधार मापदण्ड पूरा गरेको खण्डमा मात्र सम्बन्धन दिने गरी मौजुदा नीति परिमार्जन गर्ने सहमतिमा उल्लेख गरिएको छ ।

यसअघि माथेमा कार्यदलको प्रतिवेदन तथा डाक्टर केसीको मागबमोजिम शिक्षामन्त्रीले संशोधन प्रस्तावसहितको चिकित्सा शिक्षा विधेयक संसदमा पेस गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्रले उक्त विधेयक संसदीय कार्यसूचीमा पर्न दिएका थिएनन् ।

संसद आफ्नो अवधि पूरा गरी अन्त्य भएपछि सरकारले यो विधेयक अध्यादेशबाट ल्याउने सहमति जनाएको हो। मंसिरमा हुने प्रतिनिधिसभा चुनावपछि नयाँ संसदले यो अध्यादेश पारित गर्नुपर्नेछ।

यसैबीच नयाँ स्वास्थ्य मन्त्री दीपक बोहोराले पनि डा. गोविन्द केसीलाई भेटेर उनको स्वास्थ्य अवस्था बुझ्दै चिकित्सा शिक्षा विधेयक सरकारले अध्यादेशबाट ल्याउने जानकारी गराएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै