• २०८१ बैशाख १७ सोमबार

असार २९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सुचीसहित)

kharibot

काठमाडौं । सरकारले साझा यातायात सहकारी संस्था लिमिटेडमा तीन अर्ब रुपैयाँ सेयर लगानी गर्ने भएको छ ।

गएको असार २९ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा ३ सय विद्युतीय बस खरिद गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् सो सहकारीमा लगानी गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

सरकारले गैरकानुनीरुपमा नेपाल बसिरहेका पाँचजना श्रीलंकाली नागरिकलाई निष्कासन गर्ने निर्णय पनि गरेको छ ।

प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीनजना महिलासहित सातजनालाई नगर विकास कोष सन्चालक समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

यस्तै, सो मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्नेलगायतका विभिन्न ८ ओटा निर्णयहरु गरेको छ ।

मन्त्रिपरिषद् बैठकक निर्णयहरु :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै