• २०८१ बैशाख १५ शनिबार

नेकपाको संगठनमा वामदेव र विदेश विभागमा नेपाललाई ल्याउने सहमति !

kharibot

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठनमा महत्त्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न् ।

बालुवाटारमा बिहीबार राति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो । विभागको नेतृत्वसम्बन्धी सहमति आइतबार बस्ने सचिवालय बैठकमा पेस हुनेछ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई पुनः आफ्नै समूहमा ल्याउन रोजेकै विभाग दिन लागेका हुन् । ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका हुन् । विगतमा आफूसँग गरिएका प्रतिबद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए ।

केही दिनअघि ओलीले गौतमलाई बोलाएर लामो छलफल गरेका थिए । छलफलमा ओलीले मिलेर जाने प्रस्ताव राखेका थिए ।

यसअघि ओलीले संगठन विभागमा रामबहादुर थापालाई लैजाने तयारी गरेका थिए । पूर्वएमालेको सन्तुलन नबिगार्नका लागि गौतमलाई नेतृत्व दिने निर्णयमा ओली पुगेका हुन् ।

विदेश विभागको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिने सहमति भएको छ । नेपालले यो विभागको नेतृत्व पहिले पनि सम्हालिसकेका छन् ।

अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिन लागिएको छ । 

पूर्वएमालेको भागमा परेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलाई दिने समझदारी भएको छ । 

पूर्वमाओवादी पक्षले यो विभागको नेतृत्व आफैंले पाउनुपर्ने बताउँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै