• २०८१ बैशाख १७ सोमबार

सब-इन्जिनियर श्रेष्ठ घुस रकमसहित पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका, सिरहाकी सब-इन्जिनियर उमा श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेको छ ।

सब इन्जिनियर श्रेष्ठले शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग लिएको ५० हजार घुससहित अख्तियारको टोलीले गोलबजार नगरपालिका वडा नं. ७ पुरानो चोहर्वा बसपार्क स्थित अशोक साहको होटलबाट सौं ३ गते उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको जनाएको छ ।  

अख्तियारको बर्दिबासबाट गएको टोलीले सब इन्जिनियर श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै