• २०८१ बैशाख २० बिहीबार

टोटनह्याममाथि म्यानचेस्टर युनाइटेडको जित

kharibot

काठमाडौँ । इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ ।

विहिबार सम्पन्न खेलमा युनाइटेडले टोटनह्यामलाई २-१ गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा एन्टोनी मार्सियल र एन्जल गोमेजले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि एक गोल भने लुकास मउराले गरेका थिए ।

इन्टरनेसनल च्याम्पियन्स कपमा युनाइटेडको यो दोस्रो जित हो । यस अघि युनाइटेडले इटालियन क्लब इन्टरमिलानलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

अब यस प्रतियोगितामा युनाइटेडले अगस्ट ३ मा एसी मिलानसँग खेल्दै छ भने टोटनह्यामले अगस्ट ४ मा इन्टरमिलनसँग खेल्दै छ । टोटनह्यामले यस अघि खेलेको युभेन्टससँगको खेल जितेको थियो ।                                        
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै