• २०८१ बैशाख २० बिहीबार

एथलेटिकोसँग रियल म्याड्रिडको लज्जास्पद हार

kharibot

काठमाडौँ । इन्टरनेसनल च्याम्पियन्स कपमा रियल म्याड्रिडले स्पेनकै प्रतिद्वन्दी एथलेटिकोसँग लज्जास्पद हार बेहोरेको छ ।

शनिबार बिहान भएको खेलमा एथलेटिकोले रियललाई ७-३ गोल अन्तरले पराजित गरेको छ । रियलमाथि फराकिलो जित हासिल गर्नेक्रममा एथलेटिकोका डिएगो कोष्टाले ४ गोल गरेका थिए । त्यस्तै जोआओ फेलिक्स, एन्जल कोरेया र भिटोलोले एक एक गोल गरेका थिए । युवा खेलाडी फेलिक्सले दुइ ल असिस्ट समेत गरेका थिए । 

त्यस्तै रियलका लागि नाचो, क्रिम बेन्जामा र जाभियर हर्नानडेजले एक एक गोल गरेका थिए ।

यस खेलमा ४ गोल गरेर हिरो बनेका डिएगो कोष्टा र रियल म्याड्रिडका डानी कर्भाजलबीच झगडा हुदा रेफ्रीले दुवैलाई खेलको ६५औ मिनेटमा रातो कार्ड दिएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए ।

इन्टरनेशनल च्याम्पियन्स कपमा रियल म्याड्रिडले अहिलेसम्म खेलेका तीन खेलमा जित हासिल गर्न सकेको छैन । तीन मध्ये २ खेल बायर्न र एथलेटिकोसँग हार बेहोरेको छ भने एक खेल आर्सनलसँग बराबरी खेलेको छ ।

त्यस्तै एथलेटिकोले भने २ खेलमा एक जित र एक बराबरी खेलेको छ । 
 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै